वित्तिय सहकारी संस्थाहरु बैंकको जस्तै कार्य गर्ने र बैंक जस्तै देखिने गरी सञ्चालित हुन्छन् । तर नाफा कमाउने र वितरण गर्ने सिद्धान्तमा भने बैंक भन्दा सहकारीहरु फरक छन्, अर्थात सहकारी संस्थाहरुले नाफा कमाउने र वितरण गर्नेसँग भन्दा पनि सदस्य सेवालाई प्राथमिकतामा राखेका हुन्छन् । सहकारी संस्थाले आर्थिक वर्षको अन्त्यमा हासिल गरेको खुद वचत (नाफा) बाट ऐनले व्यवस्था गरे अनुसार छुट््याएको जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरु नै सहकारीको संस्थागत पुँजी हो ।
#संस्थागत #पुँजी कमी हुँदा (कुल सम्पत्तिको अनुपातमा ५ %भन्दा कम) पर्न सक्ने नकारात्मक वित्तीय अवस्थाहरुः
क) नकमाउने सम्पत्ति खरिद गर्दा सदस्यहरुको वचत र सेयरको रकमका साथै वाह्य ऋणको प्रयोग हुन जान्छ,
ख) भाखा नाघेको ऋणले हुन जाने जोखिमको सामना गर्न संस्था सक्षम हुँदैन,
ग) आम्दानीको स्तर घट्न जान्छ,
घ) वचत ऋणका सेवाहरु प्रतिस्पर्धि दरमा उपलब्ध गराउन सकिदैंन ।
स्रोतः नेफ्स्कून