जीवनमा सफलता कसरी पाउने ? रोचम सत्य भनाईहरु जसले मानिसको जीवनलाई सफतातर्फ डोराउन मद्दद गर्दछ ।
· लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास आवश्यक हुन्छ ।
· जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।
· स्वयं आफूलाई खुसी राख्ने उपाय खोजौं । यसले आफूलाई खुसी तुल्याउन कुनै अर्को व्यक्तिमा निर्भर हुनुपर्दैन ।
· नराम्रो बानी त्यागौं र नयाँ बानी अपनाऔं । जीवनशैलीमा नयाँपन ल्याउने प्रयास गरौं ।
· जीवनका ठूला–ठूला समस्या एवं चुनौतीसँग पनि डटेर लडौं ।
· अनावश्यक समय खर्च नगरौं । हरेक समय यस्तो काममा लागौं, जुन अर्थपूर्ण र उत्पादक होस् ।