भुल सम्वन्धी महान व्यक्तित्वका महान भनाईहरु

१, मानिसको यही भुल हो की उ संसारलाई सुधार्न चाहन्छ तर उ आफु सुध्रन चाहदैन ।
–मदर वेल

२, जवसम्म मानिस उद्योग गर्छ उसबाट भुल हुन सक्छ ।
–गेटे

३, यदी मानिसले सिक्न चाहने हो भने हरेक भुलबाट उसले केही शिक्षा पाउँछ ।
–माहात्मा गान्धी

४, जो मानिस भुल गर्दैन उसले केही गर्न सक्दैन ।
–एडवर्ग जोन

५, भुल गर्नु मानवीय र क्षेमा गर्नु दैविय गुण हो ।
–अलेक्जेन्डर पोप

६, भुल गर्नु त पाप हो नै अझ यसलाई लुकाउनु महापाप हो ।
–महात्मा गान्धी

७, यदी तिमी भुलहरुका लागि ढोका थुन्छौ भने सत्य पनि बाहिर नै पर्नेछ ।
–रविन्द्रनाथ टैगोर

८, आफ्ना भुल स्वीकार गर्न कहिल्लै पनि लाज मान्नु हुन्न । यसको अर्थ हो हिजोभन्दा आज बुद्धीमान बन्नु ।
–अलेक्जेन्डर पोप

९, भुलबाट मानिसले सिक्छ तर यसको अर्थ यो होइन की जीवनभर उ भुल गर्दै जाओस् र भनोस की म सिक्दै छु ।
–अज्ञात

१०, साँचो मानिस त्यही हो जो आफ्नो गल्तीलाई स्वीकार्छ, त्यसलाई छोडेर आफुलाई सुधार्छ ।
–महात्मा गान्धी

११, गल्ती गर्नु मानिसको काम हो तर जानी जानी गल्ती गर्नु राक्षसको काम हो ।
–सेन्ट अगस्टाइन

१२, पुरुषहरुको गल्तीमा उनीहरुको स्वार्थ कारण हुन्छ तर नारीहरुको गल्तीको कारण भने उनीहरुको दुर्वलता हो ।
–म्याडम दि स्टिल

१३, जलत जानकारीमा रहनु गल्ती गर्नुभन्दा पनि खतरा हुन्छ ।
–जर्ज बर्नाड शा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top