काठमाडौं, साउन २६—अब नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय हुने भएको छ ।व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले नोट सुरक्षाको लागि बारम्बार पहल गरेपनि नोट सुरक्षा प्रभावकारी हुन सकेको थिएन ।सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा नोटमा केही लेखेमा कारवाही हुने व्यवस्था भएको छ ।
सर्वोच्च अदालतले नोट केरमेट तथा जथाभावी स्टिज नलगाउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेशपनि जारी गरेको थियो ।सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको थियो ।