पछिल्लो समयमा बिटकोइनको बिषयलाई लिएर विश्व आर्थिक संगठन तथा आर्थिक ब्यक्तित्वहरुको ध्यान केन्द्रित भएको छ । यो बिषयमा नेपाल पनि अछुतो रहेन ।
यो बिषयमा गजबको लेख अन्नपुर्ण पत्रिकामा प्रकाशित भएको छ । २०७४ जेठ ८ गते अन्नपुर्ण पोष्ट पत्रिकामा प्रकाशित भएको यो लेखलाई मैले मेरो ब्लगमा समेत साभार गरेको छु ।
विश्व मुद्रा बजारमा ८ वर्षअघि अस्तित्वमा आएको बिटक्वाइन अहिले विश्वको सर्वाधिक महँगो मुद्रा बनेको छ । धेरै जनालाई लाग्ला विश्वको महँगो मुद्रा अमेरिकी डलर, पाउण्ड स्ट्रलिङ र युरोमध्ये हुने गर्दछन् । तर अहिले (२० मे २०१७) १ बिटक्वाइन बराबर करिब २ हजार अमेरिकी डलर (नेपाली २ लाख रुपैयाँ) सटही दर कायम भएको छ ।
नेपालमा स्थानीय तहको चुनावले गर्दा अन्तर्राष्ट्रिय समाचारतर्फ धेरैको ध्यान पुगेन । २०१७ को मे १५ अर्थात नेपालमा चुनावको दिन विश्वका ९९ मुलुकका लाखौं कम्प्युटर ह्याकरको निसानामा परेका थिए । अमेरिका, बेलायत, रुसलगायत मुलुकमा कम्युटरका फाइल खोल्न नसक्ने अवस्थामा पुगी अस्पताल, बस, रेल, एयरलाइन्सको सेवा बन्द भए । ह्याकरले ३०० डलरबराबर फिरौती लिएर मात्र कम्प्युटरमाथिको नियन्त्रण छोडिदिएका थिए । उनीहरूले फिरौती रकम बिटक्वाइनमा मागेका थिए । त्यो दिनको सटही दर १ हजार ७ सय डलर थियो ।
के हो बिटक्वाइन ?
नेरु, भारु, डलर भौतिक मुद्रा हुन् भने बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ ।
कहाँ राख्ने बिटक्वाइन ?
भौतिक मुद्रा पर्समा राखिन्छ । भौतिक मुद्रा बैंकमा राखेर एटीएम, मोबाइल र इन्टरनेट बैंकिङबाट पनि चलाउन सकिन्छ । बिटक्वाइन भने मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।

कहाँबाट आउँछ बिटक्वाइन ?
आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । यहाँ दरबारमार्गमा मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।

बिटक्वाइन सुरुमा निर्माण भएको पद्धतिलाई माइनिङ भनिन्छ । माइनिङ गरेर अझै पनि बिटक्वाइन प्राप्त गर्न सकिन्छ । तर पहिलेजस्तो धेरै बिटक्वाइन अहिले माइनिङबाट आउँदैन । माइनिङबाट धेरै समय लगाएर थोरै बिटक्वाइन आउने हुँदा सबैका लागि फाइदा नहुन सक्छ ।
के हो माइनिङ ?
बिटक्वाइन मनखुसी जति पनि सिर्जना गर्न सकिँदैन । यसमा नियम लागू हुन्छ । दुई व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा बिटक्वाइन पठाउनेले वास्तविक बिटक्वाइन पठाएको हो कि होइन भनेर परीक्षण गर्ने कार्यलाई माइनिङ भनिन्छ ।

जसरी आफ्नो खातामा भएकोभन्दा बढी रकम कसैलाई पठाउन सकिँदैन, त्यस्तै आफूसँग भएको वास्तविक बिटक्वाइन मात्र कसैलाई पठाउन सकिन्छ । सबै व्यक्तिसँग भएको बिटक्वाइनको रेकर्ड ब्लकचेनमा रहेको हुन्छ । ब्लकचेनमा भएको बिटक्वाइन कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो । माइनिङ सफ्टवेयर डाउनलोड गरेर जोकोहीले माइनिङ गर्न सक्छ ।
मानौं क व्यक्तिले ख व्यक्तिलाई १ बिटक्वाइन पठाउँदैछ भने ब्लकचेनबाट कन्फरमेसन आएपछि मात्र त्यो कारोबार सफल हुन्छ । यसका लागि १० मिनेट समय लाग्छ । विश्वका विभिन्न ठाउँबाट धेरै व्यक्तिहरूले माइनिङ गरिरहेका हुन्छन् । १० मिनटमा जम्माजम्मी नयाँ १२.५ बिटक्वाइन सिर्जना हुन्छ । त्यो बिटक्वाइन माइनिङ गर्नेलाई अटोमेटिक बाँडिएर खातामा प्राप्त हुन्छ ।
ब्लकचेन कहाँ स्टोर हुन्छ ?
बैंक खाताधनीको कारोबारको विवरण बैंकले राख्छ । फेसबुक प्रयोगकर्ताको विवरण फेसबुक कर्पोरेसनले राख्छ । सबै बिटक्वाइन धनीको कारोबारको रेकर्ड ब्लकचेनमा थपिँदै जान्छ । यसको डाटाबेस कुनै व्यक्ति कम्पनीले राखेको हुँदैन । विश्वभर जतिजनाले माइनिङ एप्लिकेसन प्रयोग गर्दछन् । ती सबैको कम्प्युटरमा यो रेकर्ड रहेको हुन्छ । त्यसैले यसको रेकर्ड हराउने वा नष्ट हुने सम्भावना हुँदैन । यसको नियम कसैले बदल्न सक्दैन ।

कसरी सुरु भयो ?
यसको आविस्कार कसले गर्यो भन्ने थाहा छैन । सतोषी नाकामतो भन्ने छदम नाम राखेका व्यक्तिले यो सफ्टवेयर लन्च गरेका हुन् ।
यसको आविस्कार कसले गर्यो भन्ने थाहा छैन । सतोषी नाकामतो भन्ने छदम नाम राखेका व्यक्तिले यो सफ्टवेयर लन्च गरेका हुन् ।
उनले सन् २००९ मा यो लन्च गरे । सुरुमा उनले ५० बिटक्वाइन भिन्दै तरिकाले सिर्जना गरे । त्यसपछि ती बिटक्वाइनलाई एकअर्कामा आदानप्रदान गरेर माइनिङलाई तीव्रता दिए । व्यक्ति व्यक्ति हुँदै यो फैलियो । सुरुमा यसलाई अनलाइनमा गेम खेल्ने, अनलाइनमा काम गरेर पैसा कमाउने व्यक्तिहरूले रमाइलो र अनुभवका लागि कारोबार गर्ने तथा माइनिङ गर्दै गए ।
यो भर्चुअल मुद्रा हो, भविष्यमा यसको मूल्य हुन्छ, अब कागजको नोट वा धातुको ढ्याकको साटो यस्तो मुद्रा चल्नेछ भन्ने समाचार व्यक्ति व्यक्तिमा फैलियो । पछि काम लाग्दछ भन्दै मानिसहरूले बिटक्वाइन सञ्चित गर्न थाले । बजारमा उपलब्धता थोरै तर माग धेरै भएपछि मानिसहरूले पैसा तिरेर बिटक्वाइन किन्न थाले । क्रमशः फैलिँदै यसले विश्वव्यापी मुद्राको रूप लियो ।
बिटक्वाइनको प्रोटोकल
सुरुवातमा माइनिङबाट १० मिनटमा ५० बिटक्वाइन निस्कन्थ्यो । हरेक चार वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिटक्वाइनको संख्या आधा हुँदै जान्छ । दोस्रो चार वर्षमा यो प्रति १० मिनट २५ बिटक्वाइन थियो भने अहिले प्रति १० मिनेट १२.५ बिटक्वाइनमा झरेको छ । विश्वमा २ करोड १० लाख बिट क्वाइन सिर्जना भएपछि नयाँ बिटक्वाइन सिर्जना हुन बन्द हुनेछ । त्यो समय आउन अझ १२५ वर्ष बाँकी छ । अहिलेसम्म कुल बिटक्वाइनको ७५ प्रतिशत सिर्जना भइसकेको छ ।

बिटक्वाइन सिर्जना बन्द भएपछि माइनिङ कसले गर्दछ ?
हामीले कारोबार गर्दा बैंक, क्लियरिङ कम्पनी, मनी ट्रान्सफर आदिलाई कमिसन दिन्छौं । तर अहिले बिटक्वाइनको कारोबार गर्दा कसैलाई कमिसन दिनु पर्दैन । जब माइनिङ गरेबापत नयाँ बिटक्वाइन सिर्जना हुन छोड्दछ, तब कसले भेरिफाइ गरिदेला भन्ने प्रश्न उठ्छ । त्यसका लागि कारोबारमा संलग्न व्यक्तिले केही कमिसन माइनिङ गर्नेलाई दिनुपर्ने नियम रहेको छ ।

बिटक्वाइनको मूल्य
बिटक्वाइन चलनचल्तीमा आउँदा मानिसहरू ०.०९ डलरमा १ बिटक्वाइन किनेको सुनाउँछन् । यही २०१७ मार्च ३१ मा यसको सटही दर १ बिट क्वाइन बराबर एक हजार डलर थियो । कहिलेकाहीं यसको मूल्य घटे पनि तीव्र गतिमा बढिरहेको छ । पछिल्लो गतिमा बढेको दरको आधारमा सन् २०१८ मा १० हजार डलर पुग्ने अनुमान सार्वजनिक गरिएका छन् ।

त्यसैले विश्वभर बिटक्वाइनमा लगानी तीव्र रूपमा बढिरहेको छ । यद्यपि सट्टे बजारका यस्ता प्रक्षेपण मिल्छन् नै भन्ने हुँदैन । बिटक्वाइनको निकै सानो एकाइ बनाइएको छ । १० करोड सतोषीको एक बिट क्वाइन हुन्छ । अहिले विश्वमा हुने कारोबारमध्ये हप्तामा १ ट्रिलियन डलरबराबर बिटक्वाइनबाट कारोबार हुन्छ । सबै मुद्रा हप्तामा ७० ट्रिलियन डलर कारोबार हुन्छ ।
वैधताको प्रश्न
सरकारहरूले असीमित रूपमा मुद्रा छाप्दैनन् । देशको वस्तु तथा सेवा उत्पादन र मुद्रा स्फ्रीतिलाई सन्तुलन राख्ने गरी सरकारहरूले मुद्रा जारी गर्ने गर्दछन् । बिटक्वाइन व्यक्ति व्यक्तिले सिर्जना गर्ने हुँदा यसको वैधताको प्रश्न सुरुदेखि नै आयो । मुद्राको लागि अति आवश्यक तत्व सीमितता बिटक्वाइनमा पनि छ ।

बिटक्वाइन विश्वभर जनताहरूले प्रचलनमा ल्याए । बिटक्वाइन एक्सचेन्ज कम्पनी, माइनिङ कम्पनी, प्रवद्र्धन गर्ने कम्पनीलगायतमा अर्बौं डलर लगानी भइसकेको छ । कम्तीमा ४८ मुलुकमा बिटक्वाइन एक्सचेञ्जमार्फत हुने पुँजीगत नाफामा सरकारले पुँजीगत कर लिने गरेको छ । खुला बजारको सम्बन्धमा धेरै देशले अमेरिकी नीति हेरेर आन्तरिक नीति बनाउने गर्दछन् । अमेरिकामा बिटक्वाइनमा पुँजीगत लाभकर लिइन्छ । विश्वका सरकारहरूले कसरी नियमन गर्ने भन्ने सोचिरहेका छन् । अमेरिकाले कुनै निर्णय नलिएका कारण अरू कसैले ठोस निर्णय लिन नसकेको देखिन्छ ।