अमेरिकीहरूको सुताइ (अनाैठा जानकारी)

अमेरिकामा मानिसहरूको सुताइ कस्तो हुन्छ ? भन्ने विषयमा एउटा विचित्रको अध्ययन सम्पन्न भएको छ । एक कम्पनीले ३ हजार ७ सय जना अमेरिकीबीच उक्त सर्वेक्षण गरेको हो । सर्वेक्षणले अमेरिकीहरूको सुताइका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ :

  •  सयमा ८ जना अमेरिकी राति नांगै सुत्छन् । सर्वेक्षण–प्रतिवेदनअनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दा पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरू पहिरन लगाउँछन् । ८ प्रतिशत भने केही पनि नलगाई सुत्छन् ।
  • ६५ प्रतिशत अमेरिकीले हप्तामा तीन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरू चार रातको सुताइ उतिसारो आनन्ददायक नहुने र राम्रो निद्रा नपर्ने उनीहरूले बताए । ४७ प्रतिशतले घुर्ने मान्छेसँग सुत्नुपरेको गुनासो गरे ।
  • ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्छन् । जबकि १६ प्रतिशत घोप्टो परेर अनि ११ प्रतिशत उत्तानो परेर सुत्न सर्वेक्षणले देखाएको छ ।
  • आधाजसो अमेरिकी आफूले राति देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकि ११ प्रतिशतले आफ्नो सपना हुबहु भन्न सक्छन् । सपना भुल्ने समस्या धेरैजसो अमेरिकीमा रहेको सर्वेक्षणको निष्कर्ष छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top