सुन पहेंलो रंगको मात्र हुँदैन । सुनलाई १० हजार डिग्री सेल्सियसमा तताउँदा त्यो बैजनी रंगमा परिणत हुन्छ ।
सुनमा इन्डियम मिसाउँदा त्यसको रंग नीलो हुन्छ ।
सुनमा चाँदी, म्याग्निज र तामा मिसाउँदा त्यसको रंग खैरो हुन्छ ।
ओलम्पिकमा प्रथम हुनेले प्राप्त गर्ने स्वर्ण पदकमा आजभोलि ६ ग्राम सुन प्रयोग गरिएको हुन्छ । पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक वितरण गरिंदा २१ ग्राम सुन प्रयोग गरिएको थियो । सन् २०१२ को लन्डन ओलम्पिकमा अहिलेसम्मकै सबैभन्दा धेरै सुन प्रयोग गरिएको थियो । त्यतिबेला बेलायतको उपनिवेश रहेको अस्ट्रेलियाको भिक्टोरियामा ठूलो सुन खानी फेला परेपछि प्राप्त सुनलाई लन्डन ओलम्पिकमा उदार मनले वितरण गरिएको थियो ।
सन् १८०० मा पहिलो पटक डेनमार्कका वैज्ञानिक हम्फ्रे डेभीले आल्मुनियम आविष्कार गर्दा त्यसलाई सुनभन्दा बहुमूल्य मानिएको थियो । यो क्रम १८२५ सम्म जारी रह्यो ।